मापसे जाँचबाट बच्न घुस दिने दुई मोटरसाइकल चालक कारवाहीमा

भक्तपुर न्यूज

१८ मंसिर २०७७ ९:३८

मापसे जाँचबाट बच्न घुस दिने दुई मोटरसाइकल चालक कारवाहीमा

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी चेक जाँचबाट बच्नको लागि ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुईजनालाई ट्राफिक प्रहरीले कारवाही अघि बढाएको छ। हिजो काठमाडौंको जमलमा चेकिङको क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई बा. ८२ प. ४१८ नम्बरको स्कुटर र बा. २८ प.९२८९ नम्बरको मोटरसाइकल चालकले घुसस्वरूप एक हजार र दुई हजार रूपैयाँ दिएका थिए।

ट्राफिक प्रहरी जवान राजेशबहादुर पाललाई घुस दिनेमा स्कुटर चालक दोलखा घर भई भक्तपुर लोकन्थली बस्ने २४ वर्षीय कुमार पाठक र मोटरसाइकल चालक रामेछाप घर भई काठमाडौं जडिबुटी बस्ने २२ वर्षीय शिव खड्का रहेका छन्। जाँच गर्दा मापसे गरेको भेटिएपछि उनीहरूले घुसको प्रस्ताव गरेका थिए।

‘ड्युटीमा खटीएका ट्राफिक प्रहरी जवानले सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा चालकहरुले एक हजार र दुई हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले निजहरूलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाइएको छ,’ ट्राफिक प्रहरीले विज्ञप्तिमा जनाएको छ।

प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय