सर्बियाको पार्टिजान बेलग्रेड क्लबलाई तीन वर्ष युरोपमा फुटबल खेल्न प्रतिबन्ध
एजेन्सी, २८ पुस । सर्बियाको पूर्व लिग च्याम्पियन पार्टिजान बेलग्रेडलाई तीन वर्ष च्याम्पियन्स लिग र युरोपा लिग खेल्न युरोपेली फुटबल महासंघले प्रतिबन्ध लगाएको छ ।
हिजो बसेको युरोपेली महासंघको बैठकले विगत पाँच वर्षको अवधिमा तीन पल्ट क्रृण नतिरेको भन्दै सन् २०१५ को सर्बियाली लिग च्याम्पियनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। क्लबले २५ लाख युरो तिर्न बाँकी छ । पार्टिजान सन् १९६६ मा युरोपियन कपको फाइनल पुगेको थियो । त्यतिबेला फाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।
यस सिजन पार्टिजान युरोपा लिगको दोस्रो छनोट चरणमा पोलिस क्लब जाग्लेबीसँग पराजित भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
