सिनेमा हल अझै नखोल्न स्वास्थ्य मन्त्रालयले अनुरोध

भक्तपुर न्यूज

१८ मंसिर २०७७ ८:४०

सिनेमा हल अझै नखोल्न स्वास्थ्य मन्त्रालयले अनुरोध

काठमाडौं । सिनेमा हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अझै १५ दिन कडाइका साथ लागू गर्न अनुरोध गरेका हुन्।

हालसम्म जारी गरिएका स्वास्थ्य मापदण्डका विषयमा पुनरावेदन गर्ने र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रिकालिन व्यवसायीहरु, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुनेखालका संस्था तथा व्यवसायीहरु नखोल्न डा.गौतमले आग्रह गरे। यसका साथै उनले सभा, सम्मेलन,भेला धर्ना घेराउ जस्ता क्रियाकलाप पनि नगर्ने पनि सुझाए।

मंसिर महिनापछि विद्यालय खोल्दा थोरै संख्यामा विद्यार्थीहरु राखेर मात्रै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गरेर मात्र खोल्न र यसका लागि स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सीसीएमसीलाई लेखि पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको समेत उनले जानकारी दिए।

प्रकाशित मितिः २०७७ मंसिर १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *