जानी राखौँ बदाम खाँदा स्वास्थ्यमा पुग्ने फाइदाका बारे जानकारी

भक्तपुर न्यूज

१८ मंसिर २०७७ २:१७

जानी राखौँ बदाम खाँदा स्वास्थ्यमा पुग्ने फाइदाका बारे जानकारी

काठमाडौं । बदाम खानुका फाइदा बारे हामिलाइ जानकारी नहुन सक्छ तर यसको उपयोग स्वास्थ्यका लागि लाभदायक छ । अझ चिसो समयमा घाम ताप्दै साथिभाईसँग गफिँदै बदाम खानुको मज्जा नै बेग्लै हुन्छ । जानी राखौँ बदाम खाँदा स्वास्थ्यमा पुग्ने फाइदाका बारे जानकारी ।

यस्ता छन् बदाम खानुका ९ फाइदा

१) स्मरणशक्ति बढाउँछ– बदाममा पाइने भिटामन बी ३ ले स्मरणशक्ति बढाउन मद्धत गर्छ। यसको प्रयोगले दिमाग तेज हुन्छ।

२) मधुमेहलाई नियन्त्रणमा राख्छ– बदाममा पाइने म्याग्रेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न मद्धत गर्छ।

३) क्यान्सरबाट बचाउँछ– बदाममा पाइने आइरन, एन्टिअक्सिडेन्ट, जिंक र फोलेट क्याल्सियमले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि सहयोग गर्छ। साथै बदाममा पाइने फाइटोस्टेरो नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण क्यान्सर हुनबाट हामी जोगिन सक्छौँ।

४) तौल घटाउँछ– बदाममा फाइबरको मात्रा भरपुर हुन्छ जुन इनर्जीको राम्रो स्रोत हो। त्यसैले बदाम खाँदा छिट्टै भोक लाग्दैन। यस कारणले तौल व्यवस्थापनमा बदामले मद्धत गर्छ।

५) डिप्रेसनबाट जोगाउँछ– बदाममा हुने ‘ट्राइपटोफन’ तत्वले डिप्रेसन विरुद्ध लड्न सहयोग गर्छ। त्यसैले स्ट्रेस र तनावबाट मुक्त हुन दैनिक बदाम खानुपर्छ।

६) गर्भवती महिलालाई लाभदायी– गर्भमा बढिरहेको बच्चाको बिकासको लागि बदामले फाइदा पुर्‍याउँछ।

७) कोलेस्टेरोल नियन्त्रण– बदाममा पाइने ‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ।

८) मुटुसम्बन्धी रोगमा कमी– बदाममा पाइने ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्वले हार्ट स्ट्रोक  वा मुटुसम्बन्धी रोगबाट बचाउँछ।

९) छालामा चमक– बदाममा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्याधिक तेल निकालेर छालालाई नरम बनाउँछ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *