सनी देओल कोरोना संक्रमित
काठमाडौं । अभिनेता÷राजनीतिज्ञ सनी देओलले आज बिहान ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ट्वीटमा आफू अहिले सेल्फ आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
बिजेपी सांसदसमेत रहेका देओलले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा आवश्यकताअनुसार कोरोना परीक्षण गराउन आग्रह गरेका छन् । देओल केही दिनदेखि हिमाञ्चल प्रदेशको कुल्ली क्षेत्रमा बसेका छन् । हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फार्म हाउसमा आराम गर्न गएका थिए ।
भारतीय मिडियाका अनुसार मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता सनी देओललाई कोरोना संक्रमण पुष्टि भएको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर १७ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
