तलेजु क्षेत्रमा आगलागी हुँदा १२ लाख बराबरको क्षती
भक्तपुर, २७ पुस । भक्तपुर दरवार क्षेत्र अवस्थित तलेजु मन्दिर परिसरमा रहेको सुवाल घरमा आगलागि भएको छ ।
दिउँसो दुइ बजे लागेको आगो तीन बजे नियन्त्रणमा लिएको महानगरिय प्रहरी प्रभाग दरवार क्षेत्रका प्रमुख नारायण चौहानले जानकारी दिए ।
आगो लागे लगतै भक्तपुर जुद्ध बारुण यन्त्र कार्यालयबाट आएको दमकल प्रहरी, सैनिक र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
सुवाल घरमा तलेजु मन्दिरका लागि चढाईने भात पकाउने गरिन्छ, सोहि क्रममा आगो लागेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।
आगलागिबाट बिश्व क्षेत्रमा सूचीकृत उत्त स्थानको दलिन , भाँडाकुँडा राख्ने दराज र सिँढि लगायत काठजन्य बस्तुमा आगो लाग्दा झन्डै १२ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । आगलागिमा कुनै मानवीय क्षती भने भएको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३