के तपाइलाई ग्यास्ट्रिक छ ? अपनाउनुहोस् यस्ता घरेलु उपायहरु

भक्तपुर न्यूज

१२ मंसिर २०७७ ८:१६

के तपाइलाई ग्यास्ट्रिक छ ? अपनाउनुहोस् यस्ता घरेलु उपायहरु

काठमाडौं । नेपालजस्तो अल्पविकसित मुलुकमा अधिकाशं मानिसमा ग्यास्ट्रिकको समस्या पाइन्छ । प्रायः नेपालीमा पाइने यो रोगलाई आम नेपालीको रोग समेत भनिन्छ । खानाको समय नमिल्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ ।

हामीले सही समय र मात्रामा खाना खाने गर्नु पर्दछ । अन्यथा ग्यास्ट्रिक हुने गर्दछ । ग्यास्ट्रिकलाई सामान्य ठानेर छाड्नु हुदैन । यदी ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुने लगायतका बिभिन्न रोगको संभावना उच्च हुन्छ । त्यसैले ग्यास्ट्रिकको समस्या पालेर राख्नु भन्दा यसको समाधानतर्फ जानु पर्दछ ।

यस्ता ग्याष्ट्रिक निको पार्ने घरेलु उपायहरु:

– बिहान खाली पेटमा २/३ पोटी लसुन पानीसँग खादाँ ग्यास्ट्रिकमा फाइदा पुग्दछ ।

– बिहान काँचो लसुनको सेवनले उच्च रक्तचापको समस्या समेत फाइदा पुर्याउँछ ।

– ग्यास्ट्रिक भएकाहरुले हरेक २ घण्टाको फरकमा केही न केही खाइहाल्नु पर्दछ ।

– लामो समय भोको बस्दा पेटमा हावा भरिएर स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।

– पेटमा ग्यास भरिए कागती पानी पिउँदा तत्काल लाभ मिल्दछ ।

– नियमित कागती पानीको सेवनले पेट फुल्ने समस्याबाट राहत दिन्छ ।

– पेटमा ग्यास जमेर गाह्रो भएकाहरुले बियर, रक्सी, मकै, राज्मा, बन्दा, प्याज खानु हुदैन ।

– ग्यास्ट्रिक भएको समयमा दूधको सेवन फाइदाजनक हुदैन ।

ग्याष्ट्रिकमा प्रशस्त पानी पिउनु पर्दछ । लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग भने गर्नुहुँदैन । यसले उल्टै पेटमा ग्याँस बढाउँछ ।

प्रकाशित मितिः २०७७ मंसिर ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *