चाकुको माग यस वर्ष दोब्बरले वृद्धि
काठमाडौं, २७ पुस । माघे संक्रान्तिको आगमनसँगै चाकुको माग बढ्दै गएको छ । काठमाडौंमा चाकुको माग यस वर्ष दोब्बरले बृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।
माघे संक्रान्तिमा चाकु, घ्यूसँगै तिलौरा, तरुल, खिचडी लगायत विविध परिकार खाने गरिन्छ । यी परिकारले जिउमा न्यानोपन बढाएर चिसोबाट जोगाउने भएकोले स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ ।
साधारणभन्दा मसलादार र स्पेशल चाकुको माग बजारमा बढी देखिन्छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ भने स्पेशलमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ । जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य अलि महंगो भएको व्यवसायीहरु बताउँछन् ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानै पर्ने प्रचलन रहेको छ । साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५