काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर न्यूज

१२ मंसिर २०७७ ६:४०

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे । भुम्लु गाउँपालिका–८ बन्देउमा बिहीबार बेलुकी टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेकै चौरी देउराली गाउँपालिका–३ माझीफेदाका ३० वर्षीय उत्तम तामाङ रहेका छन् ।

बन्देउबाट दोलालघाट तर्फ जादै गरेको बा ४ ख १४०० नम्बरको बालुवा बोकेको टिपर सडकमा व्याक गर्ने क्रममा अन्दाजी ५०० मिटर तल ईन्द्रावती नदीमा खस्दा गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी दोलालघाटले जनाएको छ ।

प्रकाशित मितिः २०७७ मंसिर ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय