ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु
रामेछाप, २७ पुस । रामेछापमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । ना १ ञ ५७ नम्बरको ट्रिपर मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अरु दुई जनाको रामेछापमै उपचार भइरहेको छ । सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
