सालकको खपटासहित दुई जना पक्राउ

भक्तपुर न्यूज

८ मंसिर २०७७ ६:३२

सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौं । प्रतिबन्धित सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई चाबहिलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे महाभारत गाउँपालिका–२ बाल्टिङ घर भई हाल स्वयम्भु बस्ने २५ वर्षीय विनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका–३ घर भई हाल चाबहिल बस्ने ४७ वर्षीय लालसिंह तामाङ रहेका छन् ।

प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको महाशाखाले जनाएको छ । ती दुबै जनालाई आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ।

प्रकाशित मितिः २०७७ मंसिर ०८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय