अभिनेत्री कंगनालाई तेस्रो पार्टको फिल्मबाट किन हटाइयो ?
एजेन्सी, २६ पुस । फिल्म निर्माता आनंद राय, जसले तनु वेड्स मनु सीरीजको २ दुई फिल्म बनाएका छन् । फिल्मको तेस्रो पार्टको तयारीमा उनी जुटेका हुन् । तेस्रो पार्टमा रायले कलाकारहरूको चयनमा हेरफेर गर्ने जनाएका छन् । फिल्ममा उनले अभिनेत्री कंगना रनौतलाई नखेलाउने भएका हुन् । फिल्मको टिमबाट कंगना निस्कासित भएको समाचारमा उल्लेख छ ।
तनु वेड्स मनुका दुईवटै पार्टमा कंगनाले अभिनय गरेकी थिइन् । कंगनाको स्थानमा अन्य नयाँ नायिकालाई ल्याउने तयारी भएको छ ।फिल्मको निर्देशन आनंद रायले गर्ने छैनन् । फिल्मको स्क्रिप्ट लेखिरहेका हिमांशु शर्माले तनु वेड्स मनुको तेस्रो पार्टको निर्देशन गर्ने छन् ।
तनु वेड्स मनु रिटर्नको शूटिंगका बेला कंगनाको रवैयाबाट फिल्मको यूनिट साह्रै तनावमा परेको थियो । सोही कारण तेस्रो पार्टबाट कंगनालाई हटाइएको जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ ११:४५