अनुभवका कारण नाई नभन्नु ल–५ एक वर्ष पर सर्‍यो

भक्तपुर न्यूज

२६ पुष २०७३ ९:२७

अनुभवका कारण नाई नभन्नु ल–५ एक वर्ष पर सर्‍यो

काठमाडौं, २६ पुस । एउटै नामले सबैभन्दा धेरै नेपाली सिनेमा निर्माण गर्ने निर्देशक हुन् विकासराज आचार्य । उनले नाई नभन्नु लबाट सुरु गरेर नाई नभन्नु ल ४ सम्म रिलिज गरिसकेका छन् । उनका चारवटै चलचित्र सफल पनि भए । चारवटै चलचित्र मन पराएका दर्शक अहिले नाई नभन्नु ल ५ को प्रतिक्षामा छन् । विकासका सहकर्मी र निकट साथीको सल्लाह पनि नाई नभन्नु ल ५ बनाउनु पर्‍यो भन्ने नै छ । विकासले पनि नाई नभन्नु ल ५ बनाउने तयारी गरिसकेको खबर थियो ।
तर विकास नाई नभन्नु ल ५ निर्माणमा नभएर अर्कै सिनेमा निर्माणमा जुटे । नाई नभन्नु ल ५ छाडेर अर्को नयाँ चलचित्रको काममा जुटेका आचार्यले आफू अर्को एउटा नयाँ चलचित्र निर्माणमा लागेको र नाई नभन्नु ल ५ अर्को वर्ष निर्माण हुने जानकारी दिए ।
विकासले चलचित्रका मुख्य कलाकार अनुभव रेग्मीका कारण निर्माणको काम एक वर्ष पर सरेको बताए । अनुभव अहिले चलचित्रकै लागि स्वीमिङ सिकिरहेका छन् । तर कथा अनुसार अनुभवको उमेर नपुग्दा निर्माणमा ढिलाइ हुने भएको हो ।
अनुभव अहिले ११ वर्ष भए । तर सिक्वेल ५ को कथामा उनको उमेर १२ देखि १३ वर्ष हुनु पर्ने भएकाले सिनेमा निर्माण कार्य एक वर्ष पर सरेको हो ।
अनुभवको पर्खाइमा रहेका आचार्य अहिले निराञ्जना निर्माणमा जुटेर यो एक बर्षको समयलाई सदुपयोग गर्दैछन् । निराञ्जना माघको अन्तिम साताबाट फ्लोरमा जानेछ । निराञ्जनाको कथा वैदेशिक रोजगार र युवाहरुको वरिपरि घुम्नेछ । निराञ्जना भन्ने बित्तिकै निर र अञ्जना केटा—केटीको नाम बुझिन्छ । अर्को अर्थमा बाल्यकालमा आँखामा लाईने गाजल अथवा मन परेको मान्छेलाई कसैको नजर नलागोस भनेर लगाई दिने कालो टिकालाई निराञ्जना भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *