रोनाल्डो चम्किदा युभेन्ट्सको सहज जित

भक्तपुर न्यूज

७ मंसिर २०७७ ३:४८

रोनाल्डो चम्किदा युभेन्ट्सको सहज जित

काठमाडौं। क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । शनिबार राति रोनाल्डो प्रेरित युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा दुवै गोल रोनाल्डोले गरे । खेलको ३८ औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफ सकिन तीन मिनेट अघि दोस्रो गोल थपेका थिए । सोही गोल युभेन्ट्सलाई सिरि ए फुटबलमा सहज जित निकाल्न पर्याप्त बन्यो ।

जितसंगै युभेन्ट्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले एसी मिलान लगत्तै आफुलाई दोस्रो स्थानमा राखेको हो । रोनाल्डोले मिलानका ज्लाटन इब्राहिमोविचको यस सिजनको सर्वाधिक ८ गोलको संख्यालाई समेत बराबरी गरेका छन् । मिलान शनिबार चौथो स्थानको नापोलीको भ्रमणमा निस्कदैछ ।

शीर्ष ५ क्लब मध्य युभेन्ट्सले एक खेल बढी खेलेको छ । सोही कारण युभेन्ट्स अस्थायी रुपमा मात्र दोस्रो स्थानमा उक्लिएको हो । युभेन्ट्सले चार खेलमा जित र चारमा बराबरीको नतिजा निकालेको छ । युभेन्ट्स यस सिजन सिरि एमा अपराजित छ ।

शनिबारनै भएको खेलमा लाजियोले क्रोटोनीलाई २–० ले हरायो । एटलान्टाले स्पेजियासंग गोल रहित बराबरी खेल्दै अंक बाँड्यो । एजेन्सी

प्रकाशित मितिः २०७७ मंसिर ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय