जोकोभिच र नाडाल सेमिफाइनलमा पराजित

भक्तपुर न्यूज

७ मंसिर २०७७ ३:४३

जोकोभिच र नाडाल सेमिफाइनलमा पराजित

काठमाडौं।  विश्व नम्बर एक नोभाक जोकोभिच र दोस्रो वरियताका राफेल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा पराजित भएका छन् ।

लण्डनमा शनिबार राति भएको पहिलो सेमिफाइनलमा जोकोभिच अष्ट्रियाका डोमिनिक थिमसँग पराजित भए । ३ वर्षीय सर्बियन जोकोभिचलाई थिमले ७-५,६-७ (१०-१२), ७-६ (७-५) को सेटमा पराजित गरे ।

यस्तै दोस्रो सेमिफाइनलमा नाडाल रुसका डानिल मेदभेदेबसँग पराजित भए । स्पेनिस नाडाल मेदभेदेबसँग ३-६, ७-६ (७-४) र ६-३ को सेटमा पराजित भए । अब उपाधिका लागि मेदभेदेब र थिमबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ मंसिर ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय