झुन्डिएको अवस्थामा मृत भेटिए कार्यालय प्रमुख
चितवन, २६ पुस । भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पर्वत जिल्लाको राम्जा देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेला परेका हुन् । रामनगर बजारबाट करिब दुई किमी जङ्गलभित्र उनी भेटिएका थिए । शव आज बिहान परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार उनी छ दिनअघि विभाग जाने भनी कार्यालयबाट हिँडेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५