कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन
काठमाडौं । पत्रकार गोकर्ण गौतमको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका गौतकको आज (बिहिबार) बिहान निधन भएको हो ।
न्यूरो अस्पताल बाँसबारीमा टाउकोको नसा सुनिएपछि उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल हुन नसकेपछि गौतमको निधन भएको हो ।
मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए ।
प्रकाशित मितिः २०७७ मंसिर ०४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
