फिफा वर्ष टिम : को को परे ?

भक्तपुर न्यूज

२६ पुष २०७३ ५:१७

फिफा वर्ष टिम : को को परे ?

एजेन्सी, २६ पुस । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष २०१६ को विश्व वर्ष टिमका परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । ज्युरिचमा गएराती भएको द बेष्ट फिफा फुटबल अवार्ड अन्तर्गत द फिफा फिफप्रो वर्ल्ड इलाभेन २०१६ सार्वजनिक गरेको हो ।
विश्वका दुई खतरनाक स्ट्राइकर रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसी सहभागी रहेका छन् । यी दुई स्ट्राइकरसँगै तेस्रो फरवार्डको रुपमा बार्सिलोनाका लुइस सुआरेजलाई पनि फिफाले आफ्नो ड्रिम टिममा समावेश गरेको छ । फिफाको उत्कृष्ट एघारमा वर्ष खेलाडीको मनोनयनमा परेका एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर आन्टोन ग्रेजम्यान समावेश छैनन् । उनी टोलीमा अटाउन सकेनन् । त्यस्तै नेइमार पनि वर्ष टिममा अटाएनन् ।
फिफाले सार्वजनिक गरेको टिममा स्पेनिस क्लबको बर्चश्व रहेको छ । जसमा रियल म्याड्रिडबाट ५ तथा बार्सिलोनाबाट ४ खेलाडी समावेश छन् । एक खेलाडी डानी आल्भेसलाई इटालीको युभेन्ट्स क्लबबाट लिइएको छ । युभेन्ट्सका यी डिफेन्डर सन् २०१६ सम्म बार्सिलोनामै थिए । गोलकिपरको रुपमा जर्मनीको वायर्न म्युनिखका कप्तान मानुअल नेउरलाई राखिएको छ । इङ्लिस प्रिमियर लिगका कुनै खेलाडी फिफाको उत्कृष्ट एघारमा अटाउन सकेनन् ।
वर्ष टिममा को को परे ?
गोलरक्षकः म्यानुएल नुएर
डिफेन्डरः डानी एल्वेस, जेराड पिके, सर्जियो रामोस र मार्सेलो
मिडफिल्डरः लुका मोड्रिक, टोनी क्रस र आन्द्रेस इनिएस्ट
फरवाडः लियोनल मेस्सी, लुइस स्वारेज र क्रिष्टियानो रोनाल्डो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *