कोलम्बियन क्लब फेयर प्ले अवार्डबाट सम्मानित
एजेन्सी, २६ पुस । कोलम्बियाको एट्लेटिको नासियोनल क्लबलाई फिफा फेयर प्ले अवार्डबाट सम्मान गरिएको छ। कोपा सुदामेरिकाना प्रतियोगिताका लागि कोलम्बियामा फाइनल खेल्न आउने क्रममा हवाई दूर्घटनामा १९ ब्राजिलियन क्लबका खेलाडीहरुको मृत्यु भएको थियो।
यो दूर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापाकोइन्सेप्रति संवेदना जनाउदै कोलम्बियन क्लबले उपाधि नै परित्याग गरेको थियो। आफ्नो अग्रसरतामा चापाकोइन्सेलाई सन् २०१६ को कोपा सुदामेरिकाना उपाधि दिन दक्षिण अमेरिकी फुटबल महासंघसमक्ष आग्रह गरेको थियो।
उसको यही भावनाको सम्मान गर्दै फिफाले गएराती ज्युरिचमा आयोजित कार्यक्रममा कोलम्बियन क्लबलाई फेयर प्ले अवार्डबाट सम्मानित गर्यो। हवाई दूर्घटनामा खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४