भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु

भक्तपुर न्यूज

२७ कार्तिक २०७७ ९:५२

भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु

जाजरकोट । भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ। ब्यारेक फर्कने क्रममा बुधबार राति कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको मृत्यु भएको हो।

सेनाका अनुसार घर बिदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधबार दिउँसो आफू आउँदै गरेको जानकारी गराएका थिए।

ब्यारेक जाने क्रममा राति लडेर घाइते अवस्थामा स्थानीय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७७ कार्तिक २७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय