भारतीय सेनामाथि आक्रमण, तीनको मृत्यु
एजेन्सी, २५ पुस । भारत प्रशासित काश्मिरको अखनुरमा सेनामाथि आक्रमण भएको छ । आक्रमणमा तीन जना भारतीय सैनिकको मृत्यु भएको छ । अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो । आक्रमणकारी फरार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो आतंककारी आक्रमण रहेको भारतीय अधिकारीको भनाई छ । तर सेनाले यस विषयमा औपचारिक रुपमा केही भनेको छैन् । सेनाले अहिले त्यस क्षेत्रमा घेराबन्दी गरेको छ । आक्रमणकारीलाई पक्रिन सेनाले अभियान चलाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
