गोल्डेन ग्लोब अवार्डमा ला ला ल्यान्डको कीर्तिमानी वर्चस्व
एजेन्सी, २५ पुस । हलिउड चलचित्र तथा टेलिभिज उद्योगको वर्षको पहिलो ठूलो अवार्ड समारोह गोल्डेन ग्लोब अवार्ड अमेरिकाको लस एन्जेल्समा सम्पन्न भएको छ । ७४ औं गोल्डेन ग्लोब अवार्डमा मनोनयमा परेका सबै सात विधामा अवार्ड जित्दै सांगीतिक चलचित्र ला ला ल्याण्डले कीर्तिमान बनाएको छ । ला ला ल्याण्डले उत्कृष्ट चलचित्र (कमेडी एण्ड म्युजिक) को अवार्ड जित्यो । ला ला ल्याण्डबाट एम्मा स्टोनले उत्कृष्ट अभिनेत्री तथा रायन गोस्लिङले उत्कृष्ट अभिनेताको अवार्ड जिते ।
डेमियन च्याजलले ला ला ल्याण्डबाटै उत्कृष्ट निर्देशक तथा स्क्रिनप्लेको अवार्ड जितेका छन् । यस्तै जस्टिन हुर्विट्जले ला ला ल्याण्डकै लागि वेष्ट ओरिजिनल स्कोरको अवार्ड जिते भने यही चलचित्रको गीत सिटी अफ स्टारसले वेष्ट ओरिजिनल सङको अवार्ड जित्यो । ला ला ल्याण्ड सात विधामा गोल्डेन ग्लोब अवार्ड जित्ने पहिलो चलचित्र बनेको छ ।
निर्देशन तथा सक्रिनप्ले तर्फ डामिन चाजेलो उत्कृष्ट भए भने जस्टिन हुरविचले संगीतको अवार्डमा आफूलाई अब्बल सावित गरे ।
त्यसैगरी फिल्मको सिटी अफ स्टार्सबाट बेन्ज पासेक तथा जस्टिन पलले गीततर्फको अवार्ड उचाले ।
विजेता को को ?
चलचित्र
- वेष्ट चलचित्र (ड्रामा): मुनलाइट
- वेष्ट चलचित्र (कमेडी एण्ड म्युजिक): ला ला ल्याण्ड
- अभिनेत्री (ड्रामा): इजाबेल हापेर्ट (एली)
- अभिनेता (ड्रामा): केसी अफ्लेक (म्यानचेस्टर बाइ दि सी)
- अभिनेत्री (कमेडी एण्ड म्युजिक): एम्मा स्टोन (ला ला ल्याण्ड)
- अभिनेता (कमेडी एण्ड म्युजिक): रायन गोस्लिङ (ला ला ल्याण्ड)
- सह–अभिनेत्रीः विओला डेविस (फेन्सिस)
- सह–अभिनेताः आरोन टेलर जोहानसन (नोटर्नल एनिमल्स)
- निर्देशकः डेमियन च्याजल (ला ला ल्याण्ड)
- स्क्रिनप्लेः डेमियन च्याजल (ला ला ल्याण्ड)
- एनिमेटेड चलचित्रः जुटोपिया
- विदेशी भाषाको चलचित्रः एली (फ्रान्स)
- ओरिजिनल स्कोरः जस्टिन हुर्विट्ज (ला ला ल्याण्ड)
- ओरिजिनल सङः सिटी अफ स्टारस (ला ला ल्याण्ड)
टेलिभिजन
- वेष्ट सिरिज (ड्रामा): द क्राउन
- वेष्ट सिरिज (कमेडी एण्ड म्युजिकल): एट्लान्टा
- वेष्ट टेलिभिजन मुभी अर मिनी–सिरिजः द पिपुल भि. ओ. जे. सिमप्सनः अमेरिकन क्राइम स्टोरी
- अभिनेत्री (वेष्ट टेलिभिजन मुभी अर मिनी–सिरिज): साराह पाउल्सन ( द पिपुल भि. ओ. जे. सिमप्सनः अमेरिकन क्राइम स्टोरी)
- अभिनेता (वेष्ट टेलिभिजन मुभी अर मिनी–सिरिज): टम हिड्डलेसटोन (द नाइट म्यानेजर)
- अभिनेत्री (ड्रामा): क्लारिए फाए (द क्राउन)
- अभिनेता (ड्रामा): बिली बब थ्रोनटन (गोलिएथ)
- अभिनेत्री (कमेडी अर म्युजिकल): ट्रासी एलिस रोस (ब्ल्याक–इश)
- अभिनेता (कमेडी अर म्युजिकल): डोनाल्ड ग्लोवर (एट्लान्टा)
- सह–अभिनेत्रीः ओलिविए कालम्यान (द नाइट म्यानेजर)
- सह–अभिनेताः ह्युग लाउरिए (द नाइट म्यानेजर)