सुर्या लाइफ इन्स्यारेन्सका सीईओले दिए राजीनामा
काठमाडौं । सूर्या लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल नसकिदैं पदबाट राजीनामा दिएका हुन् ।
उनको ४ बर्षे कार्यकाल सकिन २ महिना बाँकी थियो । उनले गत कात्तिक १७ गते पदबाट राजीनाम दिएका हुन् । उनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनाम दिएको बताइएको छ । कोरोनाको महामारीमा धेरै काम गर्न नसक्ने बताउँदै उनले राजीदिएको बताइएको छ । उनी जीवन बीमक संघको अध्यक्ष पनि हुन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
