चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश
एजेन्सी, २५ पुस । चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएाति भएको तेस्रो चरणको खेलमा इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले लिग वान क्लब पिटरबोरोलाई ४–१ ले हराएर चौथोे चरण प्रवेश गरेको हो ।
६७ औं मिनेटमा जोन टेरी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको चेल्सीको जितमा पेड्रोले दुई तथा मिसी बाट्शुयी र विलियनले एक एक गोल गरे । पिटरबोरोका लागि टम निकोल्सले एक गोल फर्काए । १८ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । ४३ औं मिनेटमा बाट्शुयीले गोल गरेपछि पहिलो हाफमा चेल्सीले २–० को अग्रता लियो । ५२ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीको अग्रता ३–० मा पु¥याए । ६७ औं मिनेटमा कप्तान टेरी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भयो । त्यसको तीन मिनेटपछि निकोलसले पिटरबोरोका लागि एक गोल फर्काए । तर ७५ औं मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी ४–१ ले विजयी भयो ।