काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेल किङ्स इलाभेन पञ्जाब र चेन्नई सुपर किङ्स तथा दोस्रो खेल कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
पञ्जाब र चेन्नईबीचको खेल शेख जायद क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने कोलकत्ता र राजस्थानबीचको खेल भने दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा साँझ ७ः४५ बजे सुरु हुनेछ ।
केएल राहुलको कप्तानीमा पञ्जाब चेन्नईलाई हराएर शीर्ष चारमा उक्लने दाउमा छ । पञ्जाब १३ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । यता, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई यस खेलको महत्व छैन । प्ले अफ होडबाट बाहिरिसकेको चेन्नईका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । १३ खेलमा १० अंक जोडेकोचेन्नई पुछारमा रहेको छ ।
यसैगरी, इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता सातौं जितको खोजीमा हुनेछ । कोलकत्ता १२ खेलमा १२ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ । यता, स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान सातौं जितको खोजीमा हुनेछ । १३ खेलमा १२ अंक जोडेको राजस्थान छैठौं स्थानमा रहेको छ ।
दुवै टिमको समान १२–१२ अंक भएकाले राम्रो रनरेटमा विजयी हुने टिमको प्ले अफ यात्रा कायमै रहने छ । यी टिमलाई पनि अरुको नतिजाले भने प्रभाव पार्ने छ । राजस्थान छैटौं र कोलकाता सातौं स्थानमा छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार
Comments