राष्ट्र बैंकले १० अर्बको रिपो ल्याउँदै
काठमाडौं, २४ पुस । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको रिपो ल्याउने भएको छ । गत शुक्रबार ल्याएको २० अर्ब रुपैयाँको रिपो बिक्री नभए पनि राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँको रिपो बिक्री गर्न लागेको हो । यसको ब्याजदर ४ दशमलव ८७ प्रतिशत रहेको छ । गत शुक्रबार जारी भएको २० अर्ब रुपैयाँको रिपोमा जम्मा दुई बैंक तथा वित्तिय संस्थाले मात्र १ अर्ब ९० करोड रुपैयाँको प्रस्ताव पेस गरेका थिए ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले रिपो बिक्री नभएकाले बजारमा बैंकरहरुले भने जस्तो तरलता अभाव नभएको बताए । बैंकरले भने रिपोको रकमबाट केही गर्न नसकिने भन्दै यसको प्रयोग नभएको बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९