मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं, २४ पुस । तनहुँको भानु नगरपालिका–३ रिडीखोला नजिकै भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको शारदानगर–५ का मोटरसाइकल चालक विष्णुबहादुर अधिकारी रहेका छन् ।
गएराति ना ५ प १८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएको उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
