संसद बैठक आज बस्दै
भक्तपुर, २४ पुस । आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । लामो समयको अवरोधको बाबजुद पनि आज व्यवस्थापिका संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । गत पुस १९ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सर्वाेच्चको आदेश पछि प्रमुख दलका नेताहरुले सहमति जुटाउन समय मागे पछि सभामुख ओनसरी घर्ती मगरले आजसम्मका लागि बैठक स्थगित गरेकी थिइन् ।
पाँच दिनको समयावधिमा गतिरोध खुलाउने सम्बन्धमा प्रमुख दलका नेताहरुसँग सरकारले कुनै औपचारिक छलफल भने गरेको छैन् । आजको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेवुल गर्ने तयारी गरेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संशोधन विधेयक फिर्ता नलिए आजको संसद बैैठक पनि अवरोध गर्ने जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९