दशैंको मुखमा प्याजमा फेरी कालोबजारी, किलोको १४० रूपैयाँ पुग्यो
काठमाडौं। व्यापारीहरुले दशैंको मुखमा फेरी प्याजको मूल्य बढाउन थालेका छन्। यसअघि भारतले भदौ २९ गतेदेखि प्याजको निकासीमा प्रतिबन्ध लगाउँदा पनि व्यापारीहरुले प्याजको मूल्य बढाएका थिए।
त्यसबेला खुद्रा पसलमा प्याजको भाउ प्रतिकिलो २४० रुपैयाँसम्म पुगेको उपभोक्ताहरु बताउँछन्। तर, त्यसयता केही समय मूल्य घटेर प्रतिकिलो १०० को हाराहारीमा आए पनि अहिले चाडपर्वको समयमा फेरी उकालो लाग्न लागेको हो।
यस्तै, व्यापारीहरुले अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पुर्याएका छन्। दशैंको मुखमा बजारमा प्याजको माग धेरै हुन्छ। यही अवसरमा व्यापारीहरुले सदुपयोग गर्दै किलोमै १४० रुपैयाँ लिन थालेका हुन्।
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
