म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई ५–० ले हरायो
एजेन्सी, २३ पुस । म्यानचेस्टर सिटीले एफए कप अन्तर्गत तेस्रो चरणको पहिलो लेगमा प्रभावितशाली जित दर्ता गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५–० ले हराएको हो ।
सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले एक एक गोल गरेका थिए । त्यस्तै, वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले एउटा आत्मघाती गोल गरेका थिए ।
खेलको ३३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै टुरेले सिटीलाई सुरुवाति अग्रता दिलाए । नोर्डट्भाइटले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो । ४३ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । ५० औं मिनेटमा अग्युरो तथा ८४ औं मिनेटमा स्टोनसले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५