डिफेन्समा गल्ती गर्दा गोल खाएपछि खेलाडीको गयो ज्यान !
काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा शनिवार एक फूटबल खेलका क्रममा डिफेन्समा गल्ती हुँदा गोल खाएपछि चर्चिल ओवासी नामक खेलाडीलाई उनका साथीहरूले कुटीकुटी मारेका छन् ।
लामवो जिल्लामा भएको उक्त घटनामा २२ वर्षका ओवासीले डिफेन्डमा ठूलै भूल गरेपछि साथीहरू आक्रोशित भएका थिए । उनीहरूले ओवासीलाई मुक्का र लात बर्साएका थिए ।
खेल सकिएपछि उनीहरूले ओवासीलाई कुटपिट गरे अनि उनले आफूमाथि आक्रमण गर्ने एकजनालाई साइकलबाट लडाइदिए । त्यसपछि उनीमाथि थप कुटपिट भयो र उनलाई अनेकौं चोटपटक लाग्यो ।
उनलाई अस्पताल लगियो तर चिकित्सकहरूले बचाउन सकेनन् । दुई दाजुभाइलाई घटनाको आरोपितका रूपमा पक्राउ गरेर हिरासतमा राखिएको छ ।
प्रकाशित मितिः २०७७ असोज २८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
