ठूलो परिमाणमा सुन बरामद
काठमाडौं २१ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । स्रोतका अनुसार एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो । विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सीआईबीको टोलीले सुनसहित बाँकेका गोपालबहादुर शाहीलाई पक्राउ पनि गरेको छ ।
स्रोतले भन्यो, प्लाष्टिकमा र्याप गरेर ल्याइएको सुन करिब १५-२० किलो भएको हाम्रो अनुमान छ । ठ्याक्कै कति किलो छ हेर्दैछौं । बिमानमार्फत् दुबईबाट पठाइएको लेगजबाट सुन बरामद भएको हो । शाही लगेज लिन विमानस्थल पुगेका थिए । सीआईबीले शाही र सुनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९