सुनचाँदीको भाउ आज पनि बढ्यो
काठमाडौं, २१ पुस । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो ५३ हजार २ सय रुपैयाँले कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
