ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुँदै

भक्तपुर न्यूज

२७ असोज २०७७ ८:१९

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुँदै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेली भेट्न बालुवाटार पुगेका छन् । केहीबेर अघिमात्रै बालुवटार प्रवेश गरेका प्रचण्ड र ओलीबीच कर्णाली प्रदेशमा आएको समस्या र त्यसको दीगो समाधान खोज्ने विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको गत आइतबार ओली पक्षका प्रदेश सांसदको अगुवाइमा अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली र प्रचण्डबीच खटपट सुरु भएको थियो । यद्यपी यसबारेमा अर्का नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्ताव फिर्ता लिन सहमति जनाइसकेको छ । अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गने नेपाल समूहका ७ जना आज बोलाएको दलको बैठकमा नै नगएर पछि हटेपछि सो संकट तत्काल टरेको छ ।

यसैबीच प्रचण्ड बालुवाटार पुुगेर ओलीसँग भेटेलगत्तै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई पनि बालुवाटार बोलाइएको छ ।

प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय