काठमाडौं । आजकाल भारतीय टेलिभिजन दुनियाँमा बिग बस १४ को चर्चा छ । बिग बस १४ को पहिलो विकेन्डको वारमा कार्यक्रम प्रस्तोता सलामान खानले नयाँ प्रतिस्पर्धीलाई खेलमा राम्रोसँग अघि बढ्न चेतावनी दिए । यसपटक सलमान खानले नक्कली टिआरपी हासिल गर्नेहरुमाथि पनि कटाक्ष गरेका छन् । बिग बस १४ को विकेन्ड वारमा सलमानले प्रतिस्पर्धीलाई टिआरपीका पाउनका लागि केही न केही गरिराख्न सुझाए यसो नगरे आफ्नो कार्यक्रम बन्द हुने पनि उनले बताए ।
नक्कली टिआरपीमाथि कटाक्षः
स्मरण रहोस्, नक्कली टिआरपीमा टिभी च्यानल रिपब्लिक टिभीको नाम सार्वजनिक भएको छ । यो नक्कली टिआरपी खुलासामा प्रहरीले सुशान्त सिंह राजपूत मृत्युको समाचार कभरेजका बेला च्यानलले कसरी नक्कली टिआरपी हासिल गर्यो भन्ने जानकारी दिएको छ । यसमा दुई मराठी च्यानलका मालिकलाई पनि पक्राउ गरिएको छ । नक्कली टिआरपीको काण्ड सार्वजनिक भएपछि च्यानलको मज्जाले ट्रोल भइरहेको छ । मानिसहरुले आफ्नो रिस मिडियामाथि पोखेका छन् एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार
Comments