कोरोनाले समाजमा निम्ताएका बिभिन्न पक्षका बारे भक्तपुरमा बहस
भक्तपुर । बिश्वभर कोरोनाको कहरले त्रास श्रृजना गरिरहेको छ । हालसम्म कोरोनालाई पराजय गर्ने कुनै त्यस्तो अचुक औषधिको समेत आविष्कार हुन सकेको छैन । औषधि निमार्णका लागि बिभिन्न देशहरु लागि परेका छन् । छिट्टै नै कोरोना संक्रमितहरुले आषधि उपयोग गर्न पाउने आशाहरु जीवितै छन् । औषधि तयार भए पनि कोरोनाका लागि प्रभावकारि देख्न नसकेको जनाउँदै विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कुनै पनि भ्याक्सिनलाई अनुमति दिएको छैन ।
कोरोनाले समाजमा निम्ताएका बिभिन्न पक्षका बारे भक्तपुरमा गठित युवा समुह कम्पासले “साइको सोसियल इम्प्याक्ट अफ कोभिड १९ कोपिंग विथ इट ” बिषयमा सरोकारवालाहरुसँग बेविनार अन्र्तक्रिया सम्मपन्न गरेको छ ।
भर्चुअल छलफलमा बोल्दै वरिष्ठ चिकित्सक डा भोला रिजालले कोरोना संक्रमितका लागि सबै भनदा ठूलो औषधि भनेको उच्च मनोबल भएको बताए । उनले भने संक्रमितलाई निको पार्न परिवार र समाजको ठूलो सहयोग आवश्यक रहेको हुन्छ भने एक्लो पनको महशुस बाट संक्रमितलाई मुक्त बनाउन सके कोरोनालाई सहजै पराजय गर्न सकिन्छ ।
केही समय अघि मात्र रिजाल दम्पती कोरोना संक्रमण मुक्त भएका र आफूले यो समयमा भोगेको अनुभव समेत बाँडेका थिए । उनले भने यस्तो अवस्थामा साथीभाई, इष्टमित्र तथा शुभचिन्तकहरुको सम्झनाले समेत मनोबल उच्च प्रदान गर्दछ । कोरोना संक्रमितलाई हेला नगरौं, सबै मिले कोरोनालाई पराजय गर्न सकिने उतले जानकारी दिए । कोरोनाबा बच्न अपनाउनु पर्ने सर्तकता अपनाऔं र यसलाई हेलचेक्रराँइ नगरौं ।
यस्तै त्रिभुवन विश्वविद्यालय भूगोल विभागमा आवद्ध डा रञ्जनकुमार दाहालले पनि केहि समय अघि मात्र कोरोनलाई पराजय गरेका थिए । उनले कोरोनालाई हाउँगुजिका रुपमा मात्र नलिन आग्रह गरे । यसबाट बच्न अपनाउनु पर्ने सम्पूर्ण सर्तकता अपनाउन अनुरोध गरे । कोरोनाका बिषयम बृहत जानकारी दिन नसक्दा समाजमा कोरोना संक्रमित प्रतिको हेय दृष्टिकोण समेत संकुचित रहेको समेत उनले बताए । उनले भने कोरोना विरुद्धको लडाइँमा सबैको भूमिका अहंम रहेको छ ।
डा सुरज शाक्यले धुम्रपान, मध्यपान त्याग्न सक्ने कोरोना पराजित गर्न सहज हुने बताए । शाक्यले वर्तमा समया सर्तकता अपनाउन अनुरोध गदै आतंकित हुन नहुने समय भएको बताए । नकारात्मक सोचलाई हटाउँदै डर र चिन्ताबाट मुक्त हुन सके कोरोनाविरुद्धको लडाइँमा विजयी हुन सकिने उनको भनाई थियो ।
कार्यक्रमको संयोजन कमलराज गोसाईले गरेका थिए भने युवा समूह कम्पासको तर्फबाट कृष्णभक्त दुवालले सहभागीहरूलाइ धन्यबाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले समाजमा सकरात्मक परिबर्तन ल्याउने बताए ।
प्रकाशित मितिः २०७७ असोज २५ आइतबार