अमेरिकन स्मार्टफोन नेपाली बजारमा
काठमाडौं, २० पुस । अमेरिकन स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस मोबाइललाई नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भित्र्याएको हो । ५.५ इन्चको फूल एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । आकर्षक र स्लिम मेटल बडीको डिजाइनमा रहेको यो फोनमा २ जिबी र्याम प्रयोग गरिएको छ ।
उक्त स्मार्टफोनमा १६ जिबी आन्तरिक मेमोरी रहेको छ । जसलाई ६४ जिबीसम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिन्छ । यस मोबाइलको सबैभन्दा सबल पक्ष १३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामेरा रहनु हो । आकर्षक फोटो खिच्नका लागि सेल्फी पारखीहरुलाई यो स्मार्टफोन उत्कृष्ट हुने कम्पनीको दावी छ । यसले फोेरजी सिम पनि सपोर्ट गर्दछ ।
एन्ड्रोइड मार्समैलो ६.० अपरेटिङ्ग सिस्टममा आधारित रहेको सो फोनमा २६ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ । यस मोबाइलको नेपाली बजारमा मूल्य १९ हजार ९ सय ९० तोकिएको छ ।