काठमाडौं । समर ट्रान्सफरको डेडलाइन डे अघि नै अनुबन्ध गरेका इंग्लिस क्लब चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय टोलीमा रहेका सेनेगलका मेन्डी प्रशिक्षण दौरान घाइते भएका हुन् । घाइते भएसँगै २२ मिलियन पाउन्डका मेन्डी स्टामफोर्ड ब्रिज फर्किएका छन् । उनले आज राति मोरोक्कोविरुद्धको मैत्रीपुर्ण खेल गुमाउनेछन् ।
उनको चोटको अवस्थाबारे क्लबले गर्ने मेडिकल परिक्षणपछि मात्रै थाहा हुने छ । उनले प्रशिक्षण दौरान थाईमा चोट बोकेको बुझिएको छ । सेनेगल फुटबल फेडेरेसनले विज्ञप्तिमार्फत उनको चोटको पुष्टि गरेको छ ।
‘२८ वर्षीय मेन्डीले बुधबार प्रशिक्षण सत्रमा चोट बोकेका छन् । दायाँ तिघ्रामा समस्या भएपछि मेडिकल परिक्षण गरिएको थियो । चोट बोकेसँगै उनी राष्ट्रिय टोलीको क्याम्प छाडेर चेल्सी जाने तयारीमा छन् । त्यहाँ उनको थप परिक्षण हुने र उनको चोटबारे बाहिर आउनेछ,’सेनेगल फुटबल फेडेरेसनले जारी गरको विज्ञप्तिमा उल्लेख छ । यस्तै सेनेगल फुटबल फेडेरेसनको उनको शिघ्र स्वाथ्यलाभको कामना गरेका छन् ।
अब उनको स्थानमा यु–२० राष्ट्रिय टोलीका गोलरक्षक बोउबाकरले सेनेगलको टोलीमा आएका छन् । उनी मोरोक्कोको रावाट पुगिसकेका छन् । मेन्डीको चोटले चेल्सी र प्रशिक्षक फ्रान्क लाम्पार्डलाई समस्या उत्पन्न भएको छ ।
पहिलो रोजाईका स्पेनिस गोलरक्षक किपा एरिजाबालागाको खस्कदो प्रदर्शनसँगै चेल्सीले यसै समरमा फ्रेन्च क्लब रेनिसबाट २२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।
प्रकाशित मितिः २०७७ असोज २३ शुक्रबार
Comments