अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई पिआर तथा नागरिकता नदिने

भक्तपुर न्यूज

१९ असोज २०७७ ६:१८

अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई पिआर तथा नागरिकता नदिने

 काठमाडौं । अमेरिकाले कुनै पनि कम्युनिस्ट पार्टीको सदस्यलाई स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेको छ।

यूएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस)ले शुक्रबार सो सम्बन्धी नीति घोषणा गरेको हो।

‘सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ,’ यूएससीआईएसले भनेको छ।

यो कानुन अहिले खासगरी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण गरिएको छ। यो कानुनले कुनै पनि कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पीआर तथा नागरिकता नपाउने निश्चित गरेको छ।

अमेरिकामाथिको सुरक्षा खतरालाई सम्बोधन गर्न यो कानुन ल्याइएको जनाइएको छ। तर, सो घोषणाअनुसार ‘रोजागारी, खाद्यान्न र बाँच्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उदेश्यले मात्र’ कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रमाणित गर्न सक्नेलाई भने अपवादस्वरुप नागरिकता दिइनेछ।

यसअघि सन् १९५० मा पनि शीतयुद्धका क्रममा अमेरिकाले यो कानुन लागू गरेको थियो। एजेन्सी

प्रकाशित मितिः २०७७ असोज १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय