संसदको बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं, १९ पुस । व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुले सहमति जुटाउन आइतबारसम्मको समय मागेपछि सभामुख ओनसरी घर्ती मगरले आइतबारसम्मका लागि समय दिएकी छिन् ।
अब संसदको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । नेताहरुले अबको संसद बैठक अवरोध नगर्ने बताएपछि सभामुखले आजको बैठक स्थगित गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
