खाली पेटमा मनतातो पानी पिउँदा पुग्छन् यस्ता फाइदा

भक्तपुर न्यूज

१८ असोज २०७७ ८:०५

खाली पेटमा मनतातो पानी पिउँदा पुग्छन् यस्ता फाइदा

काठमाडौं । तपाई विहान उठेर चिया कफि वा तातोपानी के पिउनुहुन्छरु सामान्यतया मानिसहरू विहान उठ्नेबितिकै कफी वा चियाबाट दिनको सुरूवात गरछन् ।एक त ढिलो उठ्ने त्यसमाथि खाली पेटमा नै चिया वा कफीको सेवन विष सरह हुन सक्छ ।

ढिलो उठाई, कसरतरहित जीवन र अमिल्दो खानपान आयु घटाउने कारण पनि सक्छ । यो बेला तपाईले हाफ्नो जीवन शैलीलाई बदल्न सके फाइदा हासिल गर्न सक्नुहुन्छ ।

उमेर र तौल अनुसार दैनिक औषतमा ३ लिटर पानी पिउनु जरुरी छ । अझ बिहान उडठ्ने बितिकै मनतातो पानीबाट सुरूवात गर्न सके तपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ ।

विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसार सुझाएका छन्  ।

-पाचन प्रणालीमा सुधार ।

-दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।

-अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।

-मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।

-मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।

-नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।

-नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।

-दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।

-मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।

-नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।

प्रकाशित मितिः २०७७ असोज १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *