३५ रुसी कुटनीतिज्ञले अमेरिका छाडे
एजेन्सी, १८ पुस । अमेरिकामा रहेका ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् । नयाँ वर्षको दिन वासिंटन डिसी पुगेको रसियन एयरलाइन्समार्फत उनीहरु स्वदेश फर्केका हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले ह्याक गरेको बताउँदै अमेरिकामा रहेका ३५ जना रसियन कूटनीतिज्ञलाई ७२ घन्टाभित्र अमेरिका छाडन निर्देशन दिनुभएको थियो । रसियन दूतावासले बताए अनुसार ३५ जना कूटनीतिज्ञहरु आफ्ना परिवारसहित अमेरिका छाडेका छन । अमेरिकाको राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले भने आफ्नो कार्यकाल सुरु भएपछि सम्वन्ध राम्रो हुने बताउँदै आउनु भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३