काठमाडौं । वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् ।
उनको मंगलबार बिहान बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली पनि घाइते भएको जनाइएको छ ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments