काठमाडौं । भारतको वाराणासीमा एक २२ वर्षीय प्रेमीलाई प्रेमिकाको कपडा लगाएर रुखमा झुण्डाएर हत्या गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यो सारा कहानी प्रेम प्रसंगको रहेको बताइएको छ ।
बाडागाउँ थाना क्षेत्रमा बाजिदापुर गाउँमा वृजेश भन्ने व्यक्तिको रुखमा प्रेमिकाको कपडा लगाईदिएर झुण्डाएर मारिएको शव फेला परेको थियो ।
विहान ण्ठ्दा गाउँलेले यस्तो दृश्य देखेपछि प्रहरीलाई सम्पर्क गरेका थिए । उनका पिता प्रेम नारायणले हत्याको आरोप लगाएको र अहिले पुलिसले अनुसन्धान गरिरहेको छ ।
गाउँकी एक युवतीसँग उनी प्रेममा थिए । तीन महिना पहिला पनि उनलाई घातक आक्रमण गरिएको बताइएको छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ११ आइतबार
Comments