एमालेले ५ सय स्वयंमसेवक परिचालन गर्ने
काठमाडौं, १७ पुस । विपक्षी दलले संबिधान संशोधन बिधेयकको बिरोधमा यहि पुस २२ गते आयोजना गर्न लागेको जनप्रदर्शनलाई व्यवस्थित गर्न नेकपा एमालेले ५ सय स्वयंसेवक परिचालन गर्ने भएको छ । महासचिव ईश्वर पोखरेलको अध्यक्षमा आज बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले जनपरिचालनलाई व्यवस्थित गर्न स्वयंसेवक खटाउने निर्णय गरेको हो ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा एमाले सहित ९ विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ । जनप्रदर्शन तथा त्यसको प्रचारप्रसारलाई मर्या्िदत र व्यवस्थित बनाउने एमालेले जनाएको छ ।
बैठकले सांसदहरुलाई आ-आफ्ना जिल्ला कमिटी, सम्पर्क कमिटी र मञ्चहरुसँग समन्वय गरेर तयारीमा जुट्न निर्देशन दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०