अगुल्टोले हान्दा डालमुको मृत्यु

भक्तपुर न्यूज

१७ पुष २०७३ ७:१३

अगुल्टोले हान्दा डालमुको मृत्यु

पाँचथर, १७ पुस । अगुल्टोले हान्दा पाँचथर नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पाको मृत्यु भएको छ ।
गएराति सामान्य विवादमा झगडा हुँदा १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको टाउकोमा हानेका थिए । अगुल्टोले हानेपछि गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा घरमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अगुल्टो हान्ने आकाशलाई प्रहरी चौकी नाँगिनले पक्रेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *