वाजुद्दीन सिद्दीकीमाथि यौन शोषणको आरोप लगाउँदै पत्नी आलियाले दिइन् उजुरी

भक्तपुर न्यूज

८ असोज २०७७ ५:०२

वाजुद्दीन सिद्दीकीमाथि यौन शोषणको आरोप लगाउँदै पत्नी आलियाले दिइन् उजुरी

काठमाडाैं। बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध उनकी श्रीमतीले यौन शोषण तथा धोका दिएको आरोप लगाएकी छन्।

उनकी श्रीमती आलिया सिद्दीकी उर्फ अञ्जना किशोर पाण्डेले यौन शोषण तथा धोका दिएको आरोप लगाउँदै मुम्बईको वर्सोवा प्रहरी चौकीमा  उजुरी दिएकी हुन्।

उनको उजुरीका आधारमा प्रहरीले आज एफआईआर दर्ता गराउन सक्छ।

उजुरी दर्तापछि उनका वकिल अदनान शेकले एक बयान जारी गरेका छन्। जसमा उनले भनेका छन्, “मेरो क्लाइन्टले वर्सोवा प्रहरी चौकीमा यौन दूराचार तथा धोकाधडी गरेको भन्दै एक विस्तृत लिखित उजुरी दर्ता गरेकी छन्। नवाजुद्दीन सिद्दीकीविरुद्ध भारतीय दण्ड संहिताको धारा ४२० तथा ४९३ अनुसार उजुरी दिएका छौं।”

आलियाले यसअघि नै अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन समेत दिइसकेकी थिइन्। त्यसपछि दुवैजना सार्वजनिक रूपमै आरोप प्रत्यारोपमा उत्रिएका थिए। नवाजुद्दीनले भने पछिल्लो उजुरीका विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

उनका भाइ शम्सले समेत दूर्व्यवहारको प्रयास गरेको आरोप लगाएकी थिइन्। तर, शम्सले भने सम्पत्ति हत्याउन अनेकन आरोप लगाउँदै आएको बताउँदै आएका छन्।

२७ जुलाईमा आलियाले नवाजसहित उनकी आमा तथा ३ भाइविरुद्ध कुटपिट तथा शोषणको आरोप लगाउँदै उजुरी दिएकी थिइन्।

उक्त घटना मुम्बईको नभएपछि प्रहरीले उजुरी मुजफ्फरनगर पठाएको थियो। उक्त मुद्दामाथि पनि अदालतमा छानबिन चलिरहेको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय