डिभोर्सपछि पुन: नजिकिँदै ऋतिक-सुजैन
एजेन्सी, १४ पुस । बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैन खानले दुई वर्ष अगाडि डिभोर्स गरे । तर डिभोर्स पछि पनि यो जोडिलाई कतिपय स्थानमा एकसाथ देख्न पाईन्छ । दुई छोराका माता पिता सुजैन र ऋतिक आफ्ना सन्तानको लागि पनि एक अर्काको विरुद्ध अभिव्यक्ति दिँदैनन् । आफ्ना बच्चाको लागि ऋतिक र सुजैन फेरि एक पटक सँगै देखिएका छन् ।
गत हप्ता यि दुईलाई छोराहरुसँगै डिनरमा इन्जोय गरिरहेको देखिएको थियो । अब यो जोडिलाई छोराहरुसँग छुट्टीमा रमाईलो गरिरहेको देखिएको छ । सुजैनले इन्टाग्राम एकाउन्टमा छोराहरुसँग मस्ती गरिरहेका फोटो सार्वजनिक गरेकी हुन् । न्यू ईयरको पहिलो उनीहरुले छुट्टी मनाएका हुन् । उसो त बलिउड मिडियाले पटक पटकको ऋतिक-सुजैनको भेटलाई प्याचअपको संकेतको रुपमा पनि ब्याख्या गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
