सीजीका डिलरमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट !
काठमाडौं । सिटिजन्स बैंकले क्यूआर भुक्तानीमा आकर्षक अफर ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सीजीका डिलरको क्यूआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट दिने भएको हो ।
बैंकका अनुसार देशभर दुई सयभन्दा बढी संख्यामा रहेका सीजीका डिलरमा यस्तो छुट उपलब्ध छ । सीजी डिजिटल सिटिजन्स बैंकको मर्चेन्टको रुपमा रहेको छ । सीजीका डिलरमा राखिएको क्यूआरमा जुनसुकै बैंकको मोबाइल बैंकिङ एप र ईसेवाबाट क्यूआर स्क्यान गरी इलेक्ट्रोनिक सामग्रीहरुको भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रकाशित मितिः २०७७ असोज ०६ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००