प्रिडिप्लोमा गरेकाले मिल्दो विषयमा कक्षा ११ पढ्न पाउने
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) बाट सञ्चालित एसएलसी/प्रिडिप्लोमा गरेका विद्यार्थीले सामुदायिक विद्यालयबाट सञ्चालित प्राविधिक धारको कक्षा ११ मा पढ्न पाउने भएका छन् ।
राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्को २८ भदौको बैठकले विगतमा एसएलसी वा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेर प्रिडिप्लोमा गरेकाहरूले मिल्दो विषयमा भर्ना हुन पाउने निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए ।
‘तोकिएका मापदण्डका आधारमा मिल्ने विषयमा कक्षा ११ मा भर्ना भई अध्ययन गर्न पाउने निर्णय भएको छ’ दाहालले भने, ‘कक्षा ८ वा ९ उत्तीर्ण गरेर प्रिडिप्लोमा गर्ने विद्यार्थीले भने कक्षा ११ पढ्न पाउँदैनन् ।’
प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००